नेपाल अभ्यास खेलमा ६ विकेटले विज​यी
News Desk
Mar-25 , 2024 तारिख 10:06 बेलुका

काठमाडौँ  |  घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड एलाई ६ विकेटले पराजित गरेको छ ।

टी-यू क्रिकेट मैदानमा १२२ रनको लक्ष्य नेपालले १६।१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका । आयरल्यान्डका ज्ञ्ारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिए । करण केसी र कुशल मल्लले १र१ विकेट लिए ।