आज नेपाल र गुजरात आमनेसामने हुने
News Desk
Apr-07 , 2024 तारिख 12:39 बेलुका

एसएमएस फ्रेन्डसिप कप टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात आमनेसामने हुने भएका छन। 

गुजरातको साई मेघप्पन क्रिकेट मैदानमा खेल आज दिउँसो हुनेछ। नेपालसँग गुजरातको भेट यो तेस्रो पटक हो। नेपालले यसअघिका दुवै खेल जिेतको छ। नेपाल भने बरोडासँग ३७ रनकले पराजित हुन पुज्ञ्ो। गुजरातले भने बरोडालाई दुवै खेलमा पराजित गरेको थियो। 

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा भएको थियो।  

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो।  नेपाल त्यहाँबाट ओमान जानेछ।