आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्रलाई
News Desk
Apr-07 , 2024 तारिख 12:49 बेलुका

मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

शनिबार राति विराटनगरको शहीद रंगशालामा भएको खेलमा मच्छिन्द्रले सांग्रिला फुटबल क्लब मोरङलाई २–० ले हराउँदै उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गर्दै उपाधि दिलाए। 

सांग्रिलाका महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले मोटरसाइकल प्राप्त गरे। यसैगरी, मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपर, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक तथा मच्छिन्द्रकै स्टेफन सर्वाधिक गोलकर्ता रहे। उनीहरूले जनही २१ हजार रुपैयाँ प्राप्त गरे। फाइनलको प्येलयर अफ दी म्याच भएका मछिन्द्रका लकेन लिम्बुले ११ हजार रुपैयाँ प्राप्त गरे।

विजेता मच्छिन्द्रलेले ११ लाख र उपविजेता सांग्रिलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन।