नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडेरिक
News Desk
Apr-08 , 2024 तारिख 01:22 बिहान

नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडेरिक इस्टविक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। यसअघि इस्टविकले ८ वर्ष वेस्ट इन्डिजका सिनियर टिमलाई प्रशिक्षण दिएका थिए। 

उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ।