च्याम्पियन्स लिगमा रियल र सिटी बीच भएको खेलमा आधा दर्जन गोलको वर्षा
News Desk
Apr-10 , 2024 तारिख 11:30 बिहान

युईफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनल चरणमा युरोपका दुई तगडा टिम स्पेनको रियल मड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटी बीच भएको खेलमा आधा दर्जन गोलको वर्षा भएको छ । सोमबार मध्यराति भएको क्वार्टरफाइनलको पहिलो लेगको खेलमा दुवै तर्फबाट गरी कूल ६ गोलको वर्षा भएको खेल रोमाञ्चक तरिकाले ३–३ को बराबरीमा सकियो । आफ्नो घरेलु मैदानमा रियलले खेलको दोस्रो मिनेटमै गोल खाएर पनि दुईपटक कमब्याक गर्न सफल भयो ।

रियलले पहिला गोल खाएको अवस्थामा २ गोल गरेर अग्रता लिए पनि फेरि लगातार २ गोल खाएर हारको मुखमा पुगेका बेला अन्तिम समयमा रियलले एक रकेट गोल गरेर खेललाई रोमाञ्चक तरिकाले ३–३ को बराबरीमा टुंज्ञ्ाउन सफल भयो । अब सेमिफाइनल प्रवेश गर्ने निर्णायक भिडन्त म्यानचेस्टर सिटीको घरेलु मैदानमै हुने भएको छ । पहिलो लेगमा ६ गोल भएर ३–३ भएपछि दोस्रो लेगमा अब झनै चर्को भिडन्त हुने पक्का भएको छ।