अल हिलाल साउदी सुपर कपको फाइनलमा
News Desk
Apr-10 , 2024 तारिख 11:51 बिहान

अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ। 

गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक–एक गोल गरेका थिए। त्यस्तै, अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए।

यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो।

अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन। फाइनल खेल अप्रिल ११ मा हुने छ।