एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने एरी
News Desk
Apr-14 , 2024 तारिख 12:04 बेलुका

नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी बनेका छन। शनिबार एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्ध भएको खेलमा ऐरीले एकै ओभरमा ६ छक्का हिर्काएका हुन। 

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले कतारविरुद्ध २ सय १० रन हानेको छ। 

सो खेलको अन्तिम ओभरमा ऐरी एक्लैले लगातार ५ छक्का हानेका हुन। 

यसअघि उनले मंगोलिविरुद्ध दुई फरक ओभरमा ६ छक्का हानेका थिए। एकै ओभरमा भने यो पहिलोपटक हो। 

२१ बल खेलेका उनले ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन जोडे।