News Desk
टी–२० विश्वकपको तयारीमा रहेको नेपालसँग खेल्न वेष्ट इण्डिजको ए टोली आज नेपाल आइपुगेको छ। रोस्टन चेजको कप्तानीमा २ पटकको टी-२० विश्वकप विजेता वेष्ट इन्डिजको ए टोली काठमाडौँमा उत्रिएको हो।
वेष्ट इण्डिजले नेपाली क्रिकेट टोलीसँगको ५ खेलको टी-२० शृंखला खेल्नेछ।
सन् २०१६ मा वेष्ट इण्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्रे फ्लेचर पनि पाहुना टोलीमा समावेश छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र वेष्ट इण्डिज ए बीच पहिलो खेल पर्सी (शनिवार) हुनेछ।
वेष्ट इण्डिजको कुनै पनि क्रिकेट टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो।
पछिल्लो समय खस्कँदो प्रदर्शन गरिरहेको नेपालका लागि वेष्ट इण्डिजसँगका खेल निकै फलदायी हुने अपेक्षा छ।