वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालको विजयी सुरुवात
News Desk
Apr-27 , 2024 तारिख 11:42 बेलुका

वेष्टइण्डिज विरुद्धको पहिलो टी-२० खेलमा नेपालले विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा नेपालले २ बल बाँकी छदैँ ४ विकेटले जित हात पारेको हो। 

टस हारेर ब्याटिङमा आएको वेष्टइण्डिजले ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो। २०५ रनको लक्ष्य भेट्टाउने क्रममा कप्तान पौडेलले ५४ बलमा १० चौका र ५ छक्काको मद्दतले ११२ रन बनाएर आउट भएका थिए। 

यसअघि २४ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका थिए। यसैगरी कुशल भुर्तेल १६, अनिल साह ९,कुशल मल्ल १६, ७ रन बनाएर विवेक यादव आउट भएका थिए। गुलशन झा र प्रतिश जिसीले क्रमश : ९र ५ रनको अविजित रहे। 

 नेपालका लागि दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनाश बोहोराले विकेट लिएका थिए।

धेरै पढिएको