सनराइजर्स हैदरावादले निकाल्यो १० विकेटको जित
News Desk
May-09 , 2024 तारिख 12:39 बेलुका

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित निकालेको छ। 

राजिव गान्धी स्टेडियममा गएराति भएको खेलमा हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो। हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार इनिङ्स खेल्दै लखनऊविरुद्ध जित दिलाएका हुन। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । आयुष बडोनीले ३० बलमा सर्वाधिक ५५ रन बनाए। 

जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। आईपीएलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति पौने ८ बजे एचपिसए स्टेडियममा शुरु हुनेछ। 

धेरै पढिएको