News Desk
नेपालले सन २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। यो एक दशकमा नेपाली क्रिकेटमा कति खेलाडी आए, कति गए ।
यसअघि बंगलादेशमा विश्व्कप खेलेको नेपालको लागि यो दोस्रो अवसर हो। र, दुवैपटक मौका पाउने एक्ला खेलाडी बन्दै छन बलर सोमपाल कामी।
त्यतिबेला नेपालले विश्वकप खेलेको टोलीका पारस खड्का, ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी, विनोद भण्डारी, शक्ति गौचन, शरद भेषावकरलगायतका खेलाडी क्रिकेटमै भए पनि अहिले फरक भूमिकामा छन।
तर सोमपाल भने अझै ब्याट र बलसँगै छन।
नेपालले १० वर्षपछि विश्वकपको ढोका खोल्दा पहिलो पटक विश्वकप खेलेका अधिकांश खेलाडी मूलपानी क्रिकेट मैदानमै थिए। उनीहरूसँगै वर्तमान टोलीले खुसी बाँडेको थियो।