तनहुँ कलेस्तीका मनिष भण्डारी अन्डर १९ क्रिकेटको लागि छनौट
News Desk
May-26 , 2024 तारिख 11:08 बेलुका

काठमाण्डौ । तनहुँ ब्यास ९ कलेस्तीका मनिष भण्डारी अन्डर १९ क्रिकेटको लागि छनौट भएका छन् । कास्की क्रिकेट संघद्वारा गत जेठ ११ गते पोखरा क्रिकेट मैदान, पोखरा रंगशालामा सम्पन्न भएको प्रतियोगिताबाट क्रिकेटर भण्डारी अन्डर १९ का लागि छनौट भएका हुन् ।  

प्रतियोगिताबाट उनीसहित १४ खेलाडी छनौट भएका छन् भने बैकल्पिकमा ४ खेलाडीले स्थान पक्का गरेका छन् । भारतमा जन्मिएका भण्डारी क्रिकेटर सचिन तेन्दुलकरको अभिभावकत्वमा हुर्केका हुन् । उनी तेन्दुलकरलाई आफनो प्रेरणा मान्छन्।  

धेरै पढिएको