News Desk
फिफा विश्वकप २०२६ अन्तर्गत छनोट दोस्रो चरणको अन्तिम खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ।
फिफा विश्वकप २०२६/एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गतका खेल खेलिसकेर टोली बिहीबार स्वदेश फर्किएको हो।
यसअघि नेपाल यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो। बहरेनसँगको पहिलो लिगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।
मंगलबार राति प्रिन्स महम्मद बिन फहाद स्टेडियममा भएको अन्तिम खेलको अतिरिक्त समयमा यमनले गोल फर्काएपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो।