News Desk
बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
अफगानिस्तानको जितसँगै अस्ट्रेलिया विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ। अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। सुपर ८ मा बंगलादेश भने जितविहीन रह्यो।
अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७।५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो। वर्षाका कारण बीचमै खेल रोकिएपछि १ ओभर घटाइएको थियो। बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन।
अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए। फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो।