News Desk
कार्लोस अल्काराजले लगातार दोस्रो पटक ग्रान्डस्लाम विम्बल्डन उपाधि जितेका छन।
विश्व वरीयताको दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी अल्काराजले सर्बियन खेलाडी नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै उपाधि जितेका हुन।
अल्काराजले ६–२, ६–२ र ७–६ (७–४) ले जोकोभिचलाई हराए।
जोकोभिचले अन्तिम सेटमा ३ च्याम्पियनसिप अंक बचाएका थिए। तर अन्त्यमा टाईब्रेकरमा उनी पराजित भए।
अल्काराजको यो चौथो ग्रान्ड स्लाम उपाधि हो। गत वर्ष विम्बल्डन उपाधि जितेका उनले सन २०२२ मा युएस ओपन र यसै वर्ष फ्रेन्च ओपन उपाधि जितेका थिए।
पराजय भोगेका जोकोभिचले २४ ग्रान्डस्लाम उपाधि जितेका छन। उनी सबैभन्दा धेरै ग्रान्डस्लाम उपाधि जित्ने पुरुष खेलाडी हुन। विम्बल्डनमा उनी सन २०१९ देखि लगातार फाइनलमा पुग्ने खेलाडी बनेका छन। उनी लगातार चार पटक च्याप्पियन बने भने अल्काराजसँग यो उनको लगातार दोस्रो पराजय हो।