News Desk
श्रीलंकामा शुक्रबारदेखि सुरु भएको महिला एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा यूएईविरुद्ध नेपालले २३ बल बाँकी छँदै ६ विकेटको जित दर्ता गरेको हो।
खेलमा सम्झना खड्काले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ७२ रन जोडिन। उनले आफ्नो इनिङमा ११ वटा चौका प्रहार गरेकी थिईन।
खड्काले क्रिकेट करियरमा पहिलो अर्धशतक प्रहार गरेकी हुन।
उनले ३५ बलमा ८ चौकाको सहयोगमा ५० रन बनाएकी हुन।
श्रीलंकाको रंगिरि डाम्बुला अन्तरराष्ट्रिय रंगशालामा भएको आफ्नो पहिलो खेलमा नेपालले १ सय १६ रनको विजयी लक्ष्य पाएको थियो ।