लिग-२ को तयारीका लागि प्रशिक्षण गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली भारततर्फ प्रस्थान
News Desk
Aug-13 , 2024 तारिख 12:18 बेलुका

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप लिग-२ को तयारीका लागि प्रशिक्षण गर्न सोमबार भारततर्फ प्रस्थान गरेको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीमा रहेको नेपाली टोली भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

टोलीले बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा २ साता अभ्यास गर्नेछ। आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दै छ।

क्यानले एनसीएमा प्रशिक्षणका लागि सहजीकरण गरेकोमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) का महासचिव जय शाहलाई धन्यवाद दिएको छ।

क्यानले आगामी दिनहरुमा पनि नेपाली क्रिकेटको विकासमा सघाउन र खेल्ने अवसरका लागि बीसीसीआईले यसैगरी मद्दत गर्ने अपेक्षा पनि व्यक्त गरेको छ।

 

धेरै पढिएको