नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश
News Desk
Aug-26 , 2024 तारिख 11:34 बिहान

 नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। आइतबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदामा भुटानलाई टाइब्रेकरमा पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो। 

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर जियारथ शेखले भुटानका दुई बल रोके। 

नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे।

तर, भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गर्न सके। अन्य दुई बल गोलकिपर शेखले रोकेपछि नेपाल फाइनलमा प्रवेश गरेको हो। 

भुटानका जिग्मे नाङमेल र दोर्जीको प्रहार नेपालका गोलरक्षक जियारथ शेखले विफल पारे।

नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ। दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ। 

 

धेरै पढिएको