सबालेन्काले पहिलो पटक जितिन युएस ओपनको उपाधि
News Desk
Sep-08 , 2024 तारिख 12:04 बेलुका

युूएस ओपन टेनिस अन्तरगत महिला एकलको उपाधि बेलारुसको आर्यना सबालेन्काले जितेकी छन्। सबालेन्काले गत वर्षको फाइनलको निराशालाई पछाडि पार्दै घरेलु खेलाडी जेसिका पेगुलालाई हराउँदै पहिलो पटक युएस ओपनको उपाधि जितेकी हुन्। 

सन् २०२३ मा कोको गौफसँग उनि पराजित भएकी थिइन्। त्यसको १२ महिनापछि दोस्रो वरीयताका खेलाडीले पेगुलालाई ७–५, ७–५ को रोमाञ्चक जित निकाल्दै न्युयोर्कमा पदक जितिन्। 

गत जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेकी साबालेन्काका लागि यो तेस्रो ग्रान्डस्लाम एकल उपाधि हो।

 

धेरै पढिएको