यानिक सिनरले जिते युएस ओपनको  पहिलो उपाधि
News Desk
Sep-09 , 2024 तारिख 12:05 बेलुका

विश्व नम्बर एक यानिक सिनरले युएस ओपनको पहिलो उपाधि जितेका छन्।

अस्ट्रेलियन ओपनमा पहिलो पटक उपाधि जितेका इटालीका सिनरले अमेरिकाका १२औं वरीयताप्राप्त टेलर फ्रिट्जलाई पछि पार्दै ६–३, ६–४, ७–५ को सोझो सेटमा पराजित गरे।

नाडीमा चोट भए पनि खेलेका सिनरले सेमिफाइनलमा बेलायतका ज्याक ड्रापरलाई पराजित गरेका थिए। 

महिला एकल तर्फ बेलारुसकी आर्यना साबालेन्काले उपाधि हात पारिन्। उनले अमेरिकी खेलाडी जेसिका पेगुलालाई पराजित गर्दै उपाधि हात पारेकी थिइन्।

महिला पुरुष दुवैको फाइनलमा पुगेका दुई अमेरिकी खेलाडीले घरेलु दर्शकलाई निराश पारेका थिए। 

धेरै पढिएको