News Desk
च्याम्पियन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा बार्सिलोना पराजित भएको छ।
गएराति भएको खेलमा बार्सा मोनाकोसँग पराजित हुन पुज्ञ्ो। खेलको १० औँ मिनेटमा एरिक ग्रासिया रातो कार्ड खाँदै मैनाद बाहिर गएपछिबार्सिलोना दश खेलाडीमा सिमित भएको थियो।
त्यसको फाइदा उठाउँदै मोनाकोले खेलको १६ मिनेटमा पहिलो गोल गर्यो। खेलको २९औ मिनेटमा लामिन यामालले गोल गर्दै खेल बराबरीमा ल्याए।
पहिलो हाफ एकएकको बराबरीमा सकिएको खेलको दोस्रो खेलको ७१ औँ मिनेटमा मोनाकोले थप एक गोल गर्यो।
गएराति नै भएका अन्य खेलमा बायर लेभरकुशेनले फिउानुडलाई ४-० रेड स्टारले बेन्फिकालाई २-१ तथा एटलान्टा र आर्सनलले गोलरहित बराबरी खेले।
एस्तै एथ्लेटिको मड्रिडले आरबी लेप्जिङलाई २-१ गोलले हरायो। यसैगरी ब्रेस्टले स्टुम ग्राजलाई २ -१ ले नै पराजित गर्यो।