News Desk
फिफा यू २० महिला विश्वकपको उपाधि उत्तर कोरियाले जितेको छ। आज बिहान कोलम्बियाको बोगोटास्थित एल क्याम्पिन रङ्गशालामा भएको खेलमा जापानलाई १–० ले पराजित गर्दै उत्तर कोरियाले उपाधि जितेको हो। उसको यो तेस्रो उपाधि हो।
उत्तरको जितमा खेलको १५औँ मिनेटमा १७ वर्षीय चो इल–सोनको गोल नै निर्णायक बन्यो। चोलले गोल्डेन बल र गोल्डेन बुटपनि जित्न जितिन। उनले प्रतियोगितामा सर्वाधिक ६ गोल गरेकी थीन।
उमेर समूहको खेलमा निकै दबदबा राखेको उत्तर कोरियाले सेमिफाइनलमा अमेरिकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो भने जापानले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।
यो उपाधि सँगै उत्तर कोरियाले जर्मनी र संयुक्त राज्य अमेरिकासँगको उपाधिसँग बराबरी गरेको छ। उत्तर कोरियाले यसअघि सन २००६ र २०१६ मा उपाधि जितेको थियो।
२४ देश सहभागी प्रतियोगिता ३१ अगस्टमा सुरु भई २२ सेप्टेम्बरमा सकिएको हो।