आइसिसी विश्व कप लिग–२ को तेस्रो खेलमा पनि भयो नेपालको हार 
News Desk
Sep-23 , 2024 तारिख 12:24 बेलुका

आज बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको छ​ । यो हार​ स​ङै नेपालले आइसिसी विश्व कप लिग–२ को तेस्रो खेलमा पनि हार बेहोरेको छ। 

आज बिहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल पाँच विकेटले पराजित भएको हो।

१८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो।

क्यानडाको किङ सिटीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशलमव १ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो।

टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए। सन्दीपले ५ चौका र १ छक्का प्रहार गरेका थिए।  गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए।

सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए। ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन।

करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए। करणले २८ बलमा २४ रन बनाएका थिए।

क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए। यसअघिका नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो।

अब नेपालले सोमबार ओमानसँग खेल्नेछ। आठ टोली सहभागि रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ। नेपाल सात खेलमा दुई अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ। छ खेलमा ओमानको पाँच अंक छ।

धेरै पढिएको