News Desk
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्शन झा १५ लाख रुपैयाँमा बिक्री भएका छन।
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि आज भएको अक्शनका क्रममा उनलाई कर्णाली याक्सले १५ लाख रुपैयाँमा किनेको हो।
निरन्तर रुपमा टोलीमा नअटाएका ब्याटर सन्दीप जोरालाई पनि १५ लाख रुपैयाँमा लुम्बिनी लायन्सले किनेको छ।
अनिल साहलाई पनि जनकपुर बोल्टले १५ लाख रुपैयाँमै किनेको छ।
यू-१९ का कप्तान देव खनाललाई पनि कर्णाली याक्सले १० लाख रुपैयाँमा किनेको छ भने अर्जुन कुमाललाई ७ लाख ५० हजार रुपैयाँमा सुदूरपश्चिम रोयल्सले किनेको छ।
नेपाल ‘ए’ टिमका कप्तान विनोद भण्डारी भने पहिलो चरणमा अनसोल्ड भएका छन।
क्याटागोरी ‘ए’ मा रहेका उनलाई कुनै टोलीले बोली लगाएनन। विनोदको न्यूनतम मूल्य १० लाख रुपैयाँ थियो।