News Desk
सनथ जयसूर्या श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन।
श्रीलंका क्रिकेटको कार्यकारी समितिले सोमबार जयसूर्यालाई मुख्य प्रशिक्षक बनाउने निर्णय गरेको हो।
श्रीलंका क्रिकेटले सोसल मिडिया प्लेटफर्म एक्समा विज्ञप्ति जारी गर्दै सनथ जयसूर्या मार्च ३१, २०२६ सम्म मुख्य प्रशिक्षक पदमा रहने बताएको छ।
श्रीलंका क्रिकेटले हालै भारत, इङ्ल्यान्ड र न्युजिल्यान्डमा टोलीको राम्रो प्रदर्शनलाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएको छ।
टोलीको यो भ्रमणमा सनथ जयसूर्या अन्तरिम प्रमुख थिए।
श्रीलंका क्रिकेट टोलीले सनथ जयसूर्यालाई बधाई दिँदै लिजेन्ड फर्किएको बताएको छ।