क्यानडा ‘ए’ सँगको चार एकदिवसीय खेलको सिरिजमा नेपालको जित
News Desk
Oct-09 , 2024 तारिख 12:47 बेलुका

क्यानडा ‘ए’ सँगको चार एकदिवसीय खेलको सिरिज नेपालले जितेको छ। गएराति सम्पन्न खेलमा २ विकेटको जित निकालेसँगै नेपालले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो। अन्तिम खेलमा क्यानडा ‘ए’ ले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। 

नेपालको जितमा अनिलकुमार साहले ७३ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ५९ रन बनाए। नेपाली टिम अब क्यानडाबाटै अमेरिका प्रस्थान गर्नेछ। अमेरिकामा रहँदा नेपालले टी–२० र आइसिसी विश्वकप लिग–२ सिरिज खेल्ने तालिका छ । जसअन्तर्गत नेपालले अमेरिकामा पहिलो टी–२० म्याच १७ अक्टोबरमा खेल्नेछ ।

धेरै पढिएको