News Desk
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधि उज्वेकिस्तानले जितेको छ।
श्रीलङ्काको कोलम्बोमा शनिबार अपराह्न भएको फाइनलमा उज्वेकिस्तानले नेपाललाई ३-१ सेटमा पराजित गरेको हो।
लिग चरणको अन्तिम खेलमा तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो। उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको थियो।