अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले विदेशी खेलाडीहरूका लागि बीसीसीआईले लगाएको नयाँ नियम बारे दिए प्रतिक्रिया
News Desk
Oct-13 , 2024 तारिख 12:57 बेलुका

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले विदेशी खेलाडीहरूका लागि बीसीसीआईले लगाएको नयाँ नियमको प्रतिक्रिया दिएका छन। नयाँ नियम अनुसार, फ्रेन्चाइजहरूले खरिद गरेपछि विदेशी खेलाडीहरूले लिगबाट बाहिरिने निर्णय गरेमा, उनीहरूलाई दुई वर्षको लागि प्रतिबन्ध लगाइनेछ। तर, खेलाडीहरूको स्वास्थ्य र फिटनेस समस्याका कारण मात्र उनीहरूलाई प्रतियोगिता छोड्न अनुमति दीनेछ।

कमिन्सले भनेका छन कि यो नियम पहिले लागू भएको भए पनि यसले उनलाई कुनै प्रभाव पार्ने थिएन।

सिड्नी मोर्निङ हेराल्डसँग कुरा गर्दै कमिन्सले भने, ँमैले कहिल्यै आइपीएलको लिलामीपछि लिगबाट बाहिरिने निर्णय गरेको छैन।ँ तर, उनले आगामी आइपीएलमा खेल्ने नखेल्नेबारे अनिश्चितता व्यक्त गर्दै भने कि टेष्ट क्रिकेट र विश्वकप उनका लागि बढी महत्वपूर्ण छन।

धेरै पढिएको