साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई
News Desk
Oct-31 , 2024 तारिख 02:29 बिहान

नेपाललाई पराजित गर्दै बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गेल अन्तरले पराजित गर्दै बंगलादेशले दोस्रो पटक उपाधि उचालेको हो।

अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।

च्याम्पियनसिपमा तेस्रो पटक फाइनल पुगेको बंगलादेशले दोस्रो पटक उपाधि जितेको हो। यता छैटौं पटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सिमित बनेको छ।

१२ औं पटक फाइनल खेलेको नेपाल १२ पटक नै उपविजेता बनेको छ। दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोलमा बंगालदेशले नेपालविरुद्ध अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफको २३ औँ मिनेटमा मारिया मान्डाको प्रहार नेपालकी गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले पन्च गर्दै उत्कृष्ट बचाउ गरिन। 

६० औँ मिनेटमा सावित्रा भण्डारीको प्रहार दोस्रो बारको नजिकबाट बाहिरिदा नेपालले अग्रता बनाउने सुन्दर मौका गुमायो। 

५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको थियो। पुजा रानाको पासमा अमिसाले बंगालदेशका दुई डिफेन्डरलाई बिट गर्दै किपर अघि बढेको मौका गोल गरिन।

त्यसअघि खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो।

धेरै पढिएको