News Desk
एक खेल खेल्न बाँकी रहँदै नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा पुगेको छ। पहिलो खेलमा इङ्ल्याण्डलाई ६ विकेटले पराजित गरेको नेपाल आफ्नो समूहको अर्को टोली अष्ट्रेलियाले इङ्ल्याण्डलाई ३४ रनले पराजित गरेसँगै एक खेलअगाडि नै क्वार्टरफाइनल पुगेको हो।
इङ्ल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ। सन्दीप जोराको कप्तानीमा रहेको नेपालले समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग शनिवार विहान खेल्नेछ।
शनिवार दिउँसो हुने क्वार्टरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्नेछ।