आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज यूएई विरुद्ध खेल्ने 
News Desk
Nov-09 , 2024 तारिख 12:38 बेलुका

आईसीसी यू- १९ महिला टी- २० विश्वकप एसिया छनोटअन्तर्गत शनिबार नेपालले आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्ने भएको छ। यूएईको मैदानमा बिहान ११ः१५ बजे खेल शुरु हुनेछ। 

बुधबार शुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा बिहीबार कुवेतलाई १०८ रनले हराएको थियो । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ। यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

धेरै पढिएको