पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा
News Desk
Nov-10 , 2024 तारिख 12:28 बेलुका

पुरुष यू–१९ एसिया कप–२०२४ को लागि नेपाली टोलीको घोषणा गरिएको छ। 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिवार एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुन लागेको यु–१९ एसिया कपको लागि नेपाली टोली घोषणा गरेको हो। 

हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो। जसको उप–कप्तानमा अर्जुन कुमाल रहेका छन। यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन। 

त्यस्तै, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ। 

टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्दले जिम्मेवारी पाएका छन। 

पुरुष यू–१९ एसिया कप–२०२४ आगामी मङ्सिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (युएई)मा आयोजना हुँदैछ। एसिया कपमा घरेलु टोली यूएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन। 

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन। समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन। 

नेपालले मङ्सिर १४ गते हुने पहिलो खेलमा श्रीलङ्काको सामना गर्नेछ। यस्तै, मङ्सिर १६ गते बङ्गलादेश र मङ्सिर १८ गते अफगानिस्तान प्रतिस्पर्धा गर्नेछ। 

दुबै समूहबाट दुईरदुई टोली सेमिफाइनलमा पुग्नेछ। मङ्सिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलबाट दुबै समूहबाट एकरएक टोली फाइनलमा पुग्नेछन। 

सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मङ्सिर २१ गते उपाधिको लागि भीडन्त हुनेछ। खेल मङ्सिर २३ गतेसम्म चल्नेछ। 

धेरै पढिएको