News Desk
एनपीएलका लागि नेपाल आएका दक्षिण अफ्रिकी लिजेण्ड क्रिकेटर जोन्टी रोड्सले खेलाडीहरूको विकासलाई मुख्य प्राथमिकता दिएका छन। पोखरा एभेन्जर्सका सल्लाहकार तथा परामर्शदाता बनेका रोड्सले भने, 'मुख्य कुरा भनेको खेलाडीले सिक्ने पाठ र सुधार हो, जसले प्रतियोगिताको अन्त्यमा नेपाल क्रिकेटलाई अर्को चरणमा पुर्याउन सहयोग पुर्याउँछ।ँ उनको भनाइमा युवा तथा अनुभवी खेलाडीहरू दुवैले यस प्रतियोगिताबाट धेरै कुरा सिक्न सक्छन।
रोड्सको यस भूमिकाले विशेष गरी युवा खेलाडीहरूलाई प्रेरित गर्ने र उनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डको अनुभव दिने अपेक्षा गरिएको छ। यसैबीच एनपीएलमा अन्य अन्तर्राष्ट्रिय खेलाडीहरू पनि सहभागी हुने भएका छन्, जसले नेपाल क्रिकेटलाई थप उत्साह र अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्य राखिएको छ।