News Desk
वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा आज नेपाल आइपुग्ने भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले लारा नेपाल प्रिमियर लिग एनपिएल हेर्न आज आइपग्ने जानकारी दियो। उनी बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्।
उनलाई क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गर्नेछन्।