स​न्दिप​ निल​म्ब​न​मा थिए : क्यान​
News Desk
Oct-02 तारिख 05:56 बिहान

काठमाडौं, २०७९ असोज १६ | नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजसँग युएईमा भहेको ऐतिहासिक T20I सिरिजमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई निलम्बन गरेको ज​नाएको छ।

क्यानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा सिरिजको पहिलो खेल सुरु हुनुअघि मात्र सन्दीपले आफैं खेलमा नखेल्ने निर्णय गरेको जानकारी दिइएको छ। सेप्टेम्बर २७ मा सारजह क्रिकेट मैदानमा पहिलो खेल सुरु हुनुअघि करिब ४५ मिनेट अघि उनले खेलेर नउत्रिने निर्णय गरेपछि टीम म्यानेजमेन्ट, खेलाडी तथा समग्र नेपाली क्रिकेटमा नकारात्मक असर परेको क्यानले जनाएको छ।

यस घटनापछि टोली व्यवस्थापनको सिफारिसअनुसार क्यानले उनलाई बाँकी दुई खेल तथा सिरिज अवधिभर निलम्बन गर्ने निर्णय गरेको हो। क्यानले यस घटनाबाट उत्पन्न चुनौतीका बाबजुद टोलीको मनोबललाई उच्च राख्दै आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको स्पष्ट गरेको छ।

नेपालको राष्ट्रिय टोली अब आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने ICC Men's T20 World Cup Asia/EAP Final मा सहभागी हुने तयारीमा छ। यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट हुने लक्ष्य राखिएको क्यानले जनाएको छ।

क्यानका अनुसार १६ सदस्यीय नेपाली टोली र अफिसियलहरू युएईबाट ओमान प्रस्थान गरेका छन्। क्यानले सम्पूर्ण क्रिकेट समर्थक र सरोकारवालालाई टोलीलाई निरन्तर हौसला र समर्थन प्रदान गर्न आग्रह गरेको छ।

यो घटना नेपाली क्रिकेटका लागि एक चुनौतीका रूपमा देखिएको छ तर क्यान र टोली व्यवस्थापनले अनुशासन र सामूहिक जिम्मेवारीलाई प्राथमिकता दिँदै आगामी लक्ष्यप्रति केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।