News Desk
त्रिवि क्रिकेट रङ्गशालामा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाण्डू गोर्खाज आमनेसामने हुँदैछन। खेल बेलुका ३ः३० बजे शुरू हुने तालिका छ।
सोमपाल कामीको कप्तानीमा खेलिरहेको कर्णाली याक्सले अहिलेसम्म चारमध्ये एक खेलमा मात्र जीत दर्ता गरेको छ। जम्मा २ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीका लागि प्लेअफ आशा जोगाइराख्न आजको खेल जित्नु अनिवार्य छ।
उता करण केसी नेतृत्वको काठमाण्डू गोर्खाज ६ अंकसहित तेस्रो स्थानमा छ। प्लेअफ प्रवेशलाई सहज बनाउन काठमाण्डूका लागि पनि यो प्रतिस्पर्धा उत्कट रूपमा महत्वपूर्ण बनेको छ।