News Desk
-सहबान अन्सारी
प्रतापपुर गाउँपालिका स्तरिय अन्तर विध्यालय सातौं आधारभुत तह तथा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतापपुर गाउँपालिकाको आयोजना तथा जन जागृती माध्यामिक विद्यालय गुठी परसौनीको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय चौथोँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगीताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरन प्रसाद कलवारले यस किसीमको प्रतियोगीतामा खेलाईने बिभिन्न खेलहरुको विकाश हुने बताए।
साथै आफु बाट हुने यस किसीमको प्रतियोगीताको लागी सदैव तयार रहने मन्त्री कलवारले बताए। प्रतापपुर गाउँपालिकामा सुरु भएको अन्तर विद्यालय स्तरीय सातौँ आधारभुत तह तथा चौथोँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा गाउँपालिका भरीका ४८ वटा विद्यालयको सहभागिता रहेको शिक्षक अंगद यादवले बताए।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको सभापतित्वमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा संबिधान सभा सदस्य बिक्रम खनाल, उपप्रमुख मान कुमारी चौधरी, वडा अध्यक्ष केशव प्रसाद अधिकारी,प्रधानाध्यपक बाबुराम सुबेदी,शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रतियोगीता करिब ५ दिन सम्म संचालन रहने विध्यालयले जनाएको छ ।