News Desk
भारत र श्रीलङ्काको संयुक्त आयोजनामा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा विश्वकप टोली सार्वजनिक गरेको हो। पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। यस्तै, बसिर अहमद पनि विश्वकप टोलीमा समावेश भएका छन्।
घोषित टोलीमा कप्तान रोहित पौडेलसँगै दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने रहेका छन्। त्यस्तै नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम र सन्दीप जोरा पनि विश्वकपका लागि छनोट भएका छन्।
यसपटकको टोलीमा भने राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्ल अटाउन सकेका छैनन्।
तेस्रो पटक टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहलाई निकै चुनौतीपूर्ण मानिएको छ, जहाँ नेपालसँगै दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन्।
नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकप अभियानको सुरुआत गर्नेछ। प्रतियोगितामा कुल ५५ खेल हुनेछन् भने फाइनल खेल फागुन २४ गते आयोजना हुनेछ।
यसअघि नेपालले सन् २०१४ र सन् २०२४ का टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।
