News Desk
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्दै नयाँ इतिहास रचेका छन्। आईसीसी टी–२० विश्वकपअन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा इङल्यान्डविरुद्ध ४४ रनको योगदान गरेसँगै उनले यो महत्वपूर्ण उपलब्धि हात पारेका हुन्।
टी–२० आई क्रिकेटमा २ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बनेका छन्। उनले ९१ खेल खेल्दै ७९ इनिङ्समा यो कीर्तिमान कायम गरेका हुन्।
लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका दीपेन्द्रको यो उपलब्धिले नेपाली क्रिकेटको स्तर र सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गरेको छ।