खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी चक्रवतिलाई
News Desk
Jul-18 तारिख 07:54 बिहान

तनहुँ-देवघाट ब्याडमिन्टन संघको प्रथम बार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनल खेलमा घण्टाचुलीलाई सोजो सेटमा पछि पर्दै चक्रवतिले उपाधी उचालेको छ । यसै माझ खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुन सफल चक्रवतिका सुकु गुरुङ र बल बहादुर क्षेत्री र द्धितिय हुन सफल घण्टाचुलीका सुजन गुरुङ र ट्ंकप्रसाद लामिछानेलाई कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले पुरस्कार प्रदान गरेका छन् ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष थापाले खेलकुद क्षेत्रका सबै खेलहरुले मानिसलाई मानसिक र शारीरिक दुवै तबरले तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका खेल्ने बताएका उनले दुर्ब्यसनीमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्‍याउन सक्ने उल्लेख गरे । साथै. देवघाट गाउँपालिकाले खेलकुद बिकासको निम्ति आगामी आर्थिक वर्षमा मधुचन्द्र कवर्ड हल, देवघाट गाउँपालिका स्तरिय स्थानीय खेलग्राम, कोटा रंगशाला र भर्जन खोला रंगशाला लगायत अधुरो रहेका निर्माण खेलग्रामलाई विशेष प्राथमिकता राख्ने उनले बताए ।

सोही समारोहमा उनले घण्टाचुलिको बिषयमा कुरा राख्दै भने “घण्टाचुलिको गण्डकी प्रदेश कै उत्कृष्ट पर्यटकीय स्थल हो जहाँ पर्यटकको लागि क्यामफाएर गर्न मिल्ने, पिकनिक स्थान, एकान्त वातावरण, रमणीय, हरियाली, हिमालपहाड सुन्दर दृश्य देखिने भएकोले घण्टाचुलि पनि उत्कृष्ट स्थल रहेको छ” ।

देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षता सम्पन्न सो कार्यक्रममा देवघाट युवा तथा खेलकुद अध्यक्ष सुकु गुरूङ,युवासंघ नेपालका केन्द्रीय सदस्य एवं देवघाट खेलकुदका उपाध्यक्ष सान श्रेष्ठ,समाजसेवी चन्द्रप्रकाश दवाडी लगाएतका उपस्थिति रहेको थियो ।