ब्राजिल विश्वकप २०२२ का लागि छनोट
News Desk
Nov-12 , 2021 तारिख 12:22 बेलुका

मोन्टेभिडियो — २६ कात्तिक २०७८  

मोन्टेभिडियो , लुकास पाक्वेटाको गोलको मद्दतले ब्राजिलले शुक्रबार कोलम्बियालाई १–० ले हराएको छ । यस जितसँगै ब्राजिल कतारमा हुने विश्वकप २०२२ का लागि छनोट भएको छ । पाँच पटकको विश्वकप विजेता ब्राजिलसँगै अहिलेसम्म युरोपबाट जर्मनी र डेनमार्क तथा आयोजकका रूपमा कतार अबको प्रतियोगिताका लागि छनोट भइसकेका छन् ।

दक्षिण अमेरिकी विश्वकप छनोटका १२ खेलमध्ये ११ औं जित निकालेको ब्राजिल यस चरणका छ खेल अगाडि नै कतारको टिकट काट्न सफल भएको हो । विश्वकप इतिहासमा प्रतियोगिताको अन्तिम चरणका लागि प्रत्येक संस्करणमा छनोट हुन सफल एक्लो टिम ब्राजिल रहेको छ ।    

( कान्तिपुर दैनिक )