नेदरल्यान्ड्स विश्वकपमा छनोट
News Desk
Nov-17 , 2021 तारिख 01:35 बेलुका

पेरिस, — नेदरल्यान्ड्सले सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि युरोपेली छनोटको मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले नर्वेलाई २–० ले हरायो । डच टिमका लागि टोटनहमका स्टेभन बर्जवाइन र बार्सिलोनाका मेम्फिस डेपेले गोल गरे । यो जितपछि नेदरल्यान्ड्स समूह जी को शीर्ष स्थानमा रहन पनि सफल रह्यो ।

हारले नर्वे भने विश्वकप छनोटको समीकरणबाट बाहिरिएको छ । अहिलेसम्म युरोपबाट नेदरल्यान्ड्ससँगै बेल्जियम, क्रोएसिया, डेनमार्क, इंग्ल्यान्ड, फ्रान्स, जर्मनी, सर्बिया, स्पेन र स्विट्जरल्यान्ड छनोट भएका छन् ।   

( कान्तिपुर दैनिक )