जाभी आएयता बार्सिलोनाको पहिलो जित
News Desk
Nov-21 , 2021 तारिख 01:13 बेलुका

बार्सिलोना — जाभीले शनिबार राति स्पेनी ला लिगामा पहिलो पल्ट बार्सिलोना प्रशिक्षकको जिम्मेवारी सम्हाले र नुक्याम्पमा भएको खेलमा टिमले छिमेकी इस्प्नयोलमाथि १–० को जित हात पारेको छ ।

बार्सिलोनाले जितसँगै तीन बहुमूल्य अंक हात पारे पनि खेलमाथि पाहुना टिमको बाहुल्यता थियो र उसले सजिलै खेल जित्नु पर्ने स्थिति देखिएको थियो । जाभीका लागि जित दिलाउन मेम्फिसडेपेयले पेनाल्टीबाट दोस्रो हाफमा निर्णायक गोल गरे र र बार्सिलोना अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।    

( कान्तिपुर दैनिक )