आर्सनलमाथि लिभरपुलको चार गोल
News Desk
Nov-21 , 2021 तारिख 01:22 बेलुका

लन्डन — इंग्लिस प्रिमियर लिगमा लिभरपुलले शनिबार राति आर्सनलमाथि ४–० को शानदार जित निकालेको छ । यससँगै सबै प्रतियोगितामा आर्सनलको १० खेलको अपराजित यात्रा टुंगेको छ । लिभरपुलका लागि साडियो माने, डिएगो जोटा, मोहम्मद सलाह र ताकमी मिनामिनोले गोल गरे । यो जितपछि लिभरपुल लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।

आइतबारको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वाटफोर्डको हातबाट ४–१ ले पराजित रह्यो । यस्तै अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–०, नरविचले साउथह्याम्पटनलाई २–१ र उल्भ्सले वेस्ट ह्यामलाई १–० हरायो । बर्नली र क्रिस्टल प्यालेस तथा न्युकासल युनाइटेड र ब्रेन्टफोर्डले समान ३–३ को बराबरी खेले । दिनको पहिलो खेलमा चेल्सीले लेस्टर सिटीलाई ३–० ले हराएको थियो ।              

( कान्तिपुर दैनिक )