ए डिभिजन लिग : सोमबार संकटा र पुलिस, जावलाखेल र बीबीसी भिड्दै
News Desk
Dec-13 , 2021 तारिख 01:01 बेलुका

काठमाडौँ — २७ मंसिर २०७८   

काठमाडौँ , सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार दुई खेल हुनेछन् र दशरथ रंगशालामा हुने त्यसको पहिलो प्रतिस्पर्धामा संकटा र पुलिस भिड्ने छन् । संकटाको तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ । पुलिस समान तीन खेलबाट पाँच अंकमै सातौं स्थानमा छ ।

दिनको दोस्रो खेल भने ललितपुर डर्बी रहेको छ र त्यसमा जावलाखेलले बीबीसीको सामना गर्नेछ । जावलाखेल अहिलेसम्म अंकविहीन छ र सबैभन्दा पुछारमा छ । जावलाखेलमाथि रेलिगेसन दबाब चर्को रहेको छ । बीबीसी भने चार अंकमा नवौं स्थानमा छ । 

( कान्तिपुर दैनिक )