News Desk
काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा बुधबार वेस्ट ह्यामलाई २–० ले हराएर शीर्ष चारमा उक्लेको छ । इमिरेट्स स्टेडियममा भएको खेल जितेर आर्सनलले चौथो स्थानमा वेस्ट ह्यामलाई नै उछिनेको हो । दस खेलाडीमा सीमित वेस्ट ह्यामविरुद्ध आर्सनलका लागि ग्याब्रियल मार्टिनेली र इमिल स्मिथ रोले गोल गरे ।
यो जितपछि आर्सनलको १९ खेलबाट २९ अंक भएको छ भने वेस्ट ह्याम समान खेलबाट २८ अंकमै सीमित रहेर पाँचौं स्थानमा झरेको छ । बुधबारकै अन्य खेलमा उल्भ्सले ब्राइटनलाई १–० ले हरायो भने क्रिस्टल प्यालेस र साउथह्याम्पटनले २–२ को बराबरी खेले । उल्भ्स यस जितपछि २४ अंकमा आठौं स्थानमा पुगेको छ ।
( कान्तिपुर दैनिक )