हिमालयन र बीबीसी भिड्दै
News Desk
Dec-19 , 2021 तारिख 11:20 बिहान

काठमाडौँ — ४ पुस २०७८    

काठमाडौँ , सहिद स्मारक 'ए' डिभिजन लिग ०७८ मा आइतबार एक खेल हुनेछ । त्यसमा हिमालयन शेर्पा र बीबीसी भिड्दै छन् । खेल दशरथ रंगशालामा हुनेछ । हिमालयन चार खेलबाट दुई अंक मात्र जोडेर १३ औं स्थानमा छ । उसमाथि रेलिगेसनको दबाब सुरु भएको छ ।

जावलाखेलले अघिल्लो दिन प्राप्त गरेको जितपछि हिमालयन रेलिगेसन क्षेत्रमा झरेको हो । बीबीसीको भने चार खेलबाट पाँच अंक छ र आठौं स्थानमा छ । दुवै टिमलाई आफ्नो स्थिति सुधार्न जित आवश्यक रहेको छ । बराबरीको नतिजाले दुवैलाई फाइदा गर्ने छैन ।     

( कान्तिपुर दैनिक )