ए डिभिजन लिग : फ्रेन्ड्स र एपीएफ भिड्दै
News Desk
Dec-20 , 2021 तारिख 12:41 बेलुका

काठमाडौँ — ५ पुस २०७८    

काठमाडौँ , सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार रेलिगेसन क्षेत्रमा रहेका दुई टिम फ्रेन्ड्स र एपीएफबीच खेल हुनेछ । दशरथ रंगशालामा हुने यस खेलमा आफू अनुकुल नतिजा ल्याए दुवैसामु रेलिगेसन क्षेत्र छाड्ने अवसर पनि हुनेछ । दुवै टिम अहिलेसम्म प्रतियोगितामा जितहीन रहेका छन् ।

फ्रेन्ड्स चार खेलबाट दुई अंक जोडेर १३ औं स्थानमा रहेको छ भने एप्एिफको चार खेलबाट एक अंक मात्र छ । एपीएफ लिग तालिकाको अन्तिम स्थानमा छ र आफ्नो पछिल्लो खेलमा उसले पहिलो पल्ट अंक जितेको थियो । लिगका पछिल्ला तीन संस्करणमा भने एपीएफले फ्रेन्ड्सलाई हराएको छ ।  

( कान्तिपुर दैनिक )