सेभियासँग बार्सिलोनाको बराबरी
News Desk
Dec-22 , 2021 तारिख 03:25 बेलुका

काठमाडौँ — बार्सिलोनाले दस खेलाडीमा सीमित सेभियासँग मंगलबारको १–१ को निराशाजनक बराबरीमा बिर्सनलायक सन् २०२१ टुंग्याएको छ । ज्याभीको टिमले स्पेनी ला लिगामा यो खेल जितेको भए अंक तालिकको चौथो स्थानमा उक्लिने थियो ।

सेभियाले एलेजान्ड्रो गोमेजको गोलले अग्रता लिएयता रोनाल्ड अराजुले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । यो नतिजापछि बार्सिलोना २८ अंकमा सातौं स्थानमा रह्यो । सेभियाको भने ३८ अंकमा दोस्रो स्थानमा छ । मंगलबारकै अर्को खेलमा भिल्लारियलले एलाभेसलाई ५–२ ले हरायो र २५ अंकमा नवौं स्थानमा उक्लिन सफल रह्यो ।                

( कान्तिपुर दैनिक )