मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा
News Desk
Jan-17 , 2021 तारिख 10:48 बिहान

बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत पहिलो अडिसन पौष २५ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको पहिलो अडिसनबाट २२ जना सहभागी छनौट भएका छन ।

नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारीको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन माघ १० गते शनिवार सोही स्थान रोयल एलिनाज बानेश्वरमा हुने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

 

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक टेक राज पाण्डे बताउछन ।

यस सौन्दर्य प्रतियोगीताले बिवाहित तथा अबिवाहित महिला बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन् । संक्रमित दर घट्दै गएपछि कोरोनाका कारण रोकिएका ईभेन्टहरु क्रमिक रुपमा शूरु भैरहेको अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरि सतर्कता अपनाउदै आफ्ना कार्यक्रमहरु संचालन गरिने समेत उनले बताए ।
इच्छुक प्रतियोगीहरुले दक्ष इन्टरनेशनल प्रालिको कार्यलय तथा रोयल एलिनाज क्याफे, नयाँ बानेश्वर बाट फर्म लिएर भाग लिन सकिने छ ।